२०८३, कार्तिक १५ गते

शनिवार, कार्तिक १५ गते २०८३

लगातारको वर्षा

एनपिएल : ' लुम्बिनी लायन्स र चितवन राइनोज बीचको खेल स्थगित '

शनिवार , कार्तिक १५, २०८३

 

काठमाडौँ, कात्तिक ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग -एनपिएल) अन्तर्गत आज हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित गरिएको छ ।

 

लगातारको झरीले मैदान खेलाउन योग्य नभएपछि लुम्बिनी र चितवनबिचको खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ -क्यान) का सचिव पारस खड्काले सञ्चारकर्मीलाई जानकारी दिएका छन ।

उनका अनुसार बिहीबार रातिदेखि परेको वर्षाका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदान पूरै भिजेको छ । खेल रद्द भएसँगै चितवन र लुम्बिनीले एक-एक अङ्क बाँडेका छन् ।

क्यानका अनुसार आज हुने दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स खेल्ने तालिका छ । उक्त खेल अपरान्ह ५ः०० बजेदेखि सुरु हुने पूर्वनिर्धारित तालिका रहेको उक्त खेल पनि वर्षाले प्रभावित हुने सम्भावना छ ।

यही कात्तिक ९ गतेदेखि सुरु भएको एनपिएल आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार