२०८३, कार्तिक ९ गते

आइतवार, कार्तिक ९ गते २०८३

कोजाग्रत पूर्णिमा महालक्ष्मीको पूजा गरिँदै ,बडादशैँ समाप्त

आइतवार , कार्तिक ९, २०८३

काठमाडौँ.कात्तिक । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका अवसरमा साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बसेसँगै १५ दिन लामो दसैँ पर्व औपचारिक रूपमा समाप्त हुन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजै शास्त्रानुसार गर्नुपर्ने अखिल बलिपूर्तिको काम सम्पन्न भई विजयादशमीदेखि सुरु भएको टीका-जमरा लगाउने क्रम पनि सकिन्छ। आजै दसैँको जमरालाई नजिकैका पवित्र नदी, तलाउ वा तीर्थस्थलमा लगेर सेलाइन्छ।

आज सायङ्कालमा महालक्ष्मीको पूजा गरी राति जाग्राम बस्ने मानिसको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मीले प्रवेश गरेर धन-ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ। लक्ष्मीपूजाको १५ दिन अगावै महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्त्व रहेको छ। कौमुदीसमेत भनिने यस पूर्णिमाका दिन महालक्ष्मीका साथै हात्तीमा चढेका इन्द्रको पनि पूजा गरिन्छ।

समितिका अनुसार कात्तिक स्नान तथा तुलसीको विशेष पूजा-आराधना र आकाशदीपदान भने भोलि (कात्तिक ९ गते सोमबार) देखि सुरु हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार