२०८३, कार्तिक ११ गते

मंगलवार, कार्तिक ११ गते २०८३

एनपिएल क्रिकेट

नेपाल प्रिमियर लिग तेस्रो संस्करणको क्रिकेट आज दुईवटा खेल

मंगलवार , कार्तिक ११, २०८३

काठमाडौँ, कात्तिक। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदै छन् । पहिलो खेल विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आज विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० तथा जनकपुर र कर्णालीबिचको खेल अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ । हालसम्म ती चार टोलीमध्ये जनकपुरले मात्र उपाधि जित्न सकेको छ । उक्त टिम यसपालि पहिलो सिजनको इतिहास दोहो¥याउने लक्ष्यमा छ । अर्कातर्फ कर्णाली पनि पहिलो उपाधिको खोजीमा छ ।

आजै हुने पहिलो खेलमा प्रतिस्पर्धा गर्ने चितवन र विराटनगर पनि उपाधि हात पार्ने उद्देश्यले मैदानमा उत्रदै छन् । यस पटकको एनपिएलमा केही नयाँ सुविधा थपिएका छन् ।

पहिलोपटक एनपिएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ ९डिआरएस०को व्यवस्था गरिएको छ । यस्तै, अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले पहिलोपटक एनपिएललाई अन्तरराष्ट्रिय मान्यता प्रदान गरेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरस्कार राशि पनि वृद्धि गरेको छ । प्रतियोगितामा उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपियाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई ८० लाख रुपियाँ प्रदान गरिने क्यानले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार