२०८३, कार्तिक २ गते

आइतवार, कार्तिक २ गते २०८३

आईसीसी क्रिकेट विश्वकप लिग–२

क्यानाडाविरुद्ध नेपाल मैदानमा, कमजोर बलिङ प्रदर्शन

शनिवार , कार्तिक १, २०८३

काठमाडौँ, असोज।

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला अन्तर्गत नेपालले अहिले क्यानाडासँग खेलिरहेको छ । ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । 


नेपालले कमजोर बलिङ गरिरहेको छ । नेपाललाई एक दिवसीय मान्यता कायम राख्न जित्नै पर्ने दबाब छ । हारले नेपालको एक दिवसीय मान्यता गुम्न सक्छ ।


क्यानाडाले १४ औँ ओभर खेल्दा ७२ रन जोडेर पहिलो विकेट गुमाएको छ ।

मंगलबार भएको खेलमा नेपालले घरेलु टोली ओमानमाथि फराकिलो जित हासिल गरेको थियो । ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा भएको खेलमा नेपाल ११३ रनको फराकिलो अन्तरले विजयी भएको हो । 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २६३ रन बनायो । नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले ६७ बलमा ६१, करण केसीले १६ बलमा ४० तथा अर्जुन कुमालले ५९ बलमा ४० रन बनाए । 

त्यस्तै ईशान पाण्डेले ५५ बलमा ३७ तथा बसिर अहमदले ५० बलमा ३७ रन जोडे । 

जवाफमा ओमानले ४० ओभरमा अलआउट हुँदै १५० रनमात्र बनाउन सक्यो । कप्तान विनायक शुक्लाले ८३ बलमा ७७ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । 

कसिलो बलिङ गर्ने क्रममा नन्दन यादव र सन्दीप लामिछानेले समान ३ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले २ तथा प्लेयर अफ द म्याच करण केसीले ८ रन खर्चेर १ विकेट ।

त्यस्तै ललित राजवंशीले पनि १ विकेट लिए ।

जारी त्रिदेशीय शृङ्खलामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई २४ रनले पराजित गरेको थियो ।

ओमानले पनि क्यानाडामाथि ४१ रनको जित निकालेको थियो । 

शीर्ष ६ भित्र पर्दै आईसीसी एकदिवसीय मान्यता कायम राख्न नेपालका लागि नेपाललाई जितको विकल्प छैन । 

हाल अङ्क तालिकामा ३४ खेलबाट २८ अङ्क जोडेको नेपाल छैटौँ स्थानमा छ भने ३० खेलबाट ३३ अङ्क बनाएको ओमान चौथो स्थानमा रहेको छ।

आईसीसीको नियमअनुसार विश्वकप लिग–२ को तालिकामा शीर्ष ६ भित्र पर्ने टोलीहरूले मात्र सोझै आफ्नो एकदिवसीय मान्यता जोगाउन पाउने छन्।

तालिकाको पुछारमा रहने दुई टोलीले भने एकदिवसीय मान्यता जोगाउनका लागि आईसीसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्ने बाध्यता रहन्छ।

सातौँ स्थानको क्यानाडाको ३४ खेलमा २५ अंक छ भने यूएईको ३२ खेलमा १९ अंक छ । क्यानाडाले खेल्न बाँकी खेलमा पराजय भोग्दा नेपाल छैटौँमा रहन सक्नेछ ।

नेपालले अब शनिबार क्यानाडासँग तथा आगामी सोमबार ओमानसँग खेल्नेछ । नेपाललाई यी बाँकी खेल पनि जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार