२०८३, मंसिर १५ गते

सोमवार, मंसिर १५ गते २०८३

कांग्रेस नियमित १५औं महाधिवेशन

डा. शशांकले भने : ' आधिकारिक कांग्रेस देउवा नेतृत्वकाे नै '

आइतवार , मंसिर १४, २०८३

 

 

सुर्खेत, मंसिर ।

नेपाली कांग्रेस देउवा पक्षको १५औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका छन्।

आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले आधिकारीकताका विषयमा कोही पनि भ्रममा नपर्न आग्रह गरेका हुन्।

 

पार्टीभित्र देखिएको विवादका सन्दर्भमा धेरै टिप्पणी गर्न जरुरी नरहेको उल्लेख गर्दै उनले मूलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको बताए।

कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका उनले भने,शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस हो। यो विषयमा कुनै साथीहरूलाई पनि भ्रम नहोस्।

मूलुक र पार्टी कठिन परिस्थितिमा रहेको बेला आफूले आफैंलाई कांग्रेसको सभापति घोषणा गरेर भ्रम फैलाइएको छ।

कांग्रेसमा जबरजस्त आफैलाई सभापति घोषणा गर्नु संयोग मात्रै नभएको जिकिर गर्दै डा. कोईरालाले यी घटनामा अनेकन प्रपञ्च थिए भन्ने पनि प्रष्ट रहेको बताए। यो संयोग मात्र थिएन।

यसमा अनेकन प्रपञ्चहरु थिए भन्ने प्रष्ट छ। विधि, विधान, पद्धति र स्थापित मूल्यमान्यता विपरित गरिएका षड्यन्त्रहरु देशका लागि र पार्टीका लागि घातक हुन्।

अहिलेलाई म यति मात्र भन्न चाहन्छु, सम्बोधनका क्रममा कोइरालाले भने। यही मंसीर २१ गतेदेखि हुन लागेको १५औं महाधिवेशनलाई नेपाली कांग्रेसको इतिहासको नयाँ आयामको रुपमा लिएको जनाए ।

उनले कर्णालीसहितका हरेका प्रदेशका नागरिकका समस्यालाई राष्ट्रिय एजेण्डाका रुपमा स्थापित गर्ने पार्टीको भावि कार्ययोजना र नीति रहेको बताए।

देशलाई राजनीतिक निकास दिने सिद्धान्त र आर्दश हामीसँग छ। देशलाई समृद्धि बनाउन योजना र दृष्टिकोण पनि हामीसँग छ।

कर्णालीलाई प्रकृतिले दिएको अथाह सम्भावनालाई सदुपयोग गर्ने क्षमता पनि कांग्रेससंगै छ,उनले भने।

कर्णाली प्रदेशमा जारी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको सफलताको शुभकामना दिएका डा. कोइरालाले यो प्रतियोगिताले पनि कर्णालीलाई खेलका माध्यमबाट थप धेरै सम्भावनाको ढोका खोलेको बताए।

कर्णालीको संघर्ष र सम्भावनालाई नेपाली कांग्रेसले राष्ट्रिय प्राथमिकता राख्नपर्ने धारणा राख्दै उनले कर्णालीका नागरिकको आवाजलाई राष्ट्रिय राजनीतिमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार