२०८३, मंसिर १५ गते

सोमवार, मंसिर १५ गते २०८३

कांग्रेस नियमित १५औँ केन्द्रीय महाधिवेशन

डा. महतले भने : 'झण्डा र चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन'

शनिवार , मंसिर १३, २०८३

 

काठमाडौं, मंसिर ।

नेपाली कांग्रेस नियमित १५औँ केन्द्रीय महाधिवेशन प्रचार- प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले आउँदो महाधिबेशनको तयारीको कार्य तीब्र रपे अघि बढेको बताएका छन ।

संयोजक डा. महतले शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महतले १५औँ महाधिवेशन अन्तर्गत हालसमम अधिकांश जिल्लास्तरसम्म र दुईवट प्रदेश अधिबेशन पनि सम्मन्न भएको जानकारी दिएका छन ।

उनले केही बाँकी जिल्ला अधिबेशन १६ र प्रदेश महाधिबेशन १८ गतेसम्म सम्पन्न भईसक्ने बताएका छन । बााकी प्रदेश अधिबेशनको तिथी पनि तय भईसकेको जानकारी दिए ।

संयोजक डा. महतले पत्रकारहरुको जिज्ञासामा आफूहरूलाई कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने पनि बताए ।

उनले आगामी अधिबेशनबाट निर्वाचित कार्यसमिति नै नेपाली र्काग्रेसको आधिकारिक हुने जिकिर गरे। विगतमा न्याय निरूपण प्रक्रियामा त्रुटि भएकाले पुनरावलोकनका क्रममा आफूहरूले न्याय पाउने उनको भनाइ छ।

उनले सर्वोच्च अदालतको अन्तिम निर्णय नआएसम्म पक्षमा फैसला भयो भन्दै दाबी गर्नुको औचित्य नरहेको स्पष्ट पारे।

महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गर्दै महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने चाहना रहेको बताए।

पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको भनाइ छ।

कांग्रेसको देउवा पक्षले आगामी मङ्सिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ।

महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको महतले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार