काठमाडौं, मंसिर ।
प्रधान सेनापति अशोकराज सिग्देलले रथीमा पदोन्नति भएका अनुपजङग थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका छन्।
सैनिक मुख्यालय जङ्गीअड्डामा मंगलबार आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले उनलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
मन्त्रिपरिषद्ले थापालाई यही मङ्सिर ४ गते रथीमा पदोन्नति गरेको थियो ।
सोही अवसरमा उपरथीमा बढुवा भएका मनोज थापा तथा सहायक रथीमा पदोन्नती भएका प्राविधिक महासेनानी जगत शाह, पङ्कज रावल र शितल बानियाँलाई पनि दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।
यसैगरी महासेनानीमा पदोन्नती भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दज्र्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।