२०८३, मंसिर १५ गते

सोमवार, मंसिर १५ गते २०८३

नेपाली कांग्रेस

देउवाले भने : ' कांग्रेसको आधिकारिक सभापति म नै हुँ '

आइतवार , मंसिर १४, २०८३

नेपाली कांग्रेस

देउवाले भने : ' कांग्रेसको आधिकारिक सभापति म नै हुँ '

काठमाडौँ, मंसिर । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक सभापति आफू नै रहेको दाबी गरेका छन्।

आफू पक्षको कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकता आफूले नै प्राप्त गर्नेमा विश्वस्त रहेको बताए।

पार्टीभित्रको विवाद न्यायालयमा पुगेको अवस्थामा संविधान र पार्टी विधानअनुसार आफूले नै आधिकारिकता पाउने उनको दाबी छ।

नेपाली कांग्रेसको देउवा पक्षको कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै देउवाले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा न्यायालयले न्याय दिने बताए।

नेपालको संविधान र कांग्रेसको विधानअनुसार पार्टीको आधिकारिक सभापति आफू नै रहेको दाबी गर्दै उनले न्यायालयबाट पनि आफूहरूकै पक्षमा निर्णय आउने बताए।

न्यायालयप्रति मेरो पूर्ण विश्वास छ। हामीले नै पार्टीको आधिकारिकता पाउँछौं, उनले भने। उनले अब आफू पुनः पार्टी सभापति र प्रधानमन्त्री नबन्ने स्पष्ट पार्दै राजनीतिक जीवनमा देश र जनताका लागि सकेको योगदान गर्ने प्रतिबद्धता जनाए।

आफूले मुलुकबाट लिनुपर्ने केही बाँकी नरहेको भन्दै अब जीवन रहुञ्जेल देशलाई दिन चाहेको उनको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार