२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल प्रहरीले ‘स्वीप अपरेसन’ : २४ घण्टाभित्र ७५ जना पक्राउ

मंगलवार , कार्तिक ११, २०८३

काठमाडौँ, कात्तिक। काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा २४ घण्टाभित्र ७५ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नियन्त्रणमा लिइएकाहरूमा ६० जना पुरुष, १४ जना महिला र अन्य एक जना रहेका छन्। परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार सार्वजनिक स्थल, सार्वजनिक यातायातका साधन तथा सरकारी र सार्वजनिक सेवा प्रवाह हुने भीडभाडयुक्त क्षेत्रलाई लक्षित गरी यो विशेष अभियान सञ्चालन गरिएको हो।

प्रहरीले सार्वजनिक स्थल र सवारीसाधनमा सर्वसाधारणमाथि हातपात, हुलहुज्जत, दुव्र्यवहार, चोरी, लुटपाट, बिचौलियाको काम तथा गुण्डागर्दी जस्ता गतिविधिमा संलग्न रहेको आशङ्कामा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।

उक्त अपरेसनका क्रममा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय तोकिएका आठ जना कसुरदार र अनुसन्धानका क्रममा फरार रहेका चार जना प्रतिवादी गरी १२ जना फरार व्यक्तिहरूसमेत पक्राउ परेका छन्। पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार