काठमाडौँ, कात्तिक । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा आठ सय रुपियाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपियाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपियाँ र चाँदीको मूल्य तीन हजार ९७० रुपियाँ कायम छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार ५०० रुपियाँ र चाँदीको मूल्य तीन हजार ९९५ रुपियाँ कायम भएको थियो ।