२०८३, आश्विन १८ गते

आइतवार, आश्विन १८ गते २०८३

भारत–पाकिस्तानबीच स्वर्ण पदकको भिडन्त

बिहिवार , आश्विन १५, २०८३

काठमाडौँ.असोज । जापानमा जारी बीसौँ संस्करणको आइची–नागोया एसियाली खेलकुदको पुरुष क्रिकेटको स्वर्ण पदकको लागि भारत र पाकिस्तान भिड्ने भएका छन् । 
सेमिफाइनलमा भारतले श्रीलंकामाथि १२४ रनको तथा पाकिस्तानले बंगलादेशमाथि ६ विकेटको जित हासिल गर्दै फाइनलमा स्थान बनाएका हुन् । 

भारतले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १६९ रन बनायो । ईशान किशनले ४६ बलमा अविजित रहँदै ८० रन बनाए । त्यस्तै वैभव सूर्यवंशीले २१ बलमा ३८ रन जोडे । 

जवाफमा श्रील्रकाले ९ ओभर ५ बल क्रिकेजमा टिकेर ४५ रनमात्र बनाउन सक्यो । ६ खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । 

जसप्रित बुमराह, अक्षर पटेल र अभिषेक शर्माले समान २ विकेट लिए । 

यता पाकिस्तानले बंगलादेशलाई ६ विकेटले हरायो । वर्षाले प्रभाव पारेसँगै १३ ओभरमा झारिएको खेलमा बंगलादेशले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १११ रन बनायो । टहिट हृदयले ४२ रन बनाए । जवाफमा पाकिस्तानले ११ ओभर ३ बलमै ४ विकेटको क्षतिमा जित हासिल गर्योे । अब्दुल समदले १५ बलमा अविजित रहँदै ३० रन बनाए । 

स्वर्णपदकको भिडन्त शनिबार हुनेछ । कास्यपदकका लागि बंगलादेश र श्रीलंका शनिबार बिहानै खेल्नेछन् । 
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार