२०८३, आश्विन १८ गते

आइतवार, आश्विन १८ गते २०८३

विश्वकप क्रिकेट लिग–२ः नेपाली टोलीको घोषणा

शुक्रवार , आश्विन १६, २०८३

काठमाडौँ, असोज । ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट शृङ्खला–२ का लागि नेपाल क्रिकेट सङघ (क्यान)ले शुक्रबार १५ सदस्यीय टोलीको घोषणा गरेको छ । यही असोज २१ गतेदेखि सुरु हुने विश्वकप क्रिकेट लिग–२ मा आयोजक ओमानसँगै नेपाल र क्यानडाले प्रतिस्पर्धा गर्ने छन् ।

उक्त शृङ्खलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । टोलीमा कप्तान सन्दीपसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, इशान पाण्डे, रोहितकुमार पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्शन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी, साहब आलम र शेर मल्ल समावेश हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार