२०८३, भाद्र १ गते

सोमवार, भाद्र १ गते २०८३

हुम्लाको न्यालुमा हिउँपात : ' डेढ इन्चसम्म हिउँ जम्यो'

आइतवार , जेठ ३१, २०८३

 

हुम्ला, जेठ ।

हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका- ६ को न्यालु लेकमा हिउँपात भएको छ । शनिबार रातिदेखि वर्षा भए पनि आइतबार दिउँसोदेखि भने सो क्षेत्रमा हिउँ पर्न सुरु भएको हो ।

चार हजार पाँच सय मिटरको उचाइमा रहेको न्यालु क्षेत्रको सेलिभाङ दहभन्दा माथिल्लो भागमा हिउँपात भएको नाम्खा गाउँपालिका- ६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए ।

उनका अनुसार सेलिभाङ क्षेत्रमा डेढ इन्चसम्म हिउँ जमेको छ भने न्यालु लेकमा चार इन्चसम्म हिउँपात भएको छ । हिउँपात भइरहे पनि न्यालु हुँदै लिमी र लाप्चा जाने आन्तरिक पर्यटक तथा स्थानीय सवारी साधनको आवतजावत भने रोकिएको छैन ।

पर्यटकहरू हिउँमै रमाउँदै गाडीमा यात्रा गरिरहेको र तस्बिर खिच्ने काम भइरहेको वडाध्यक्ष तामाङले जानकारी दिए ।

लाप्चाबाट पवित्र धार्मिक स्थल मानसरोवर कैलाशको दूरदर्शन गर्ने सिजन सुरु भएकाले यस क्षेत्रमा आन्तरिक पर्यटकहरूको चहल पहल बढ्न थालेको छ । - गोरखापत्रबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार