२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

आज सुनको मूल्यले नयाँ कीर्तिमान: प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ

बिहिवार , माघ १५, २०८२

 

काठमाडौं,माघ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको छ। पछिल्ला केही दिनदेखि सुनको मूल्यमा तीव्र वृद्धि भइरहेको छ।

बुधबार प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन २० हजार ५०० रुपैयाँले बढेको हो। त्यसैगरी, मङ्गलबार सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउ आकाशिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन ५ हजार ५६० अमेरिकी डलर र चाँदी १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार