२०८३, आश्विन २४ गते

शनिवार, आश्विन २४ गते २०८३

काठमाडौँ  उपत्यका

ग्यास सिलिन्डर : ' ६ स्थानबाट जुुनसुुकै कम्पनीका साट्न पाइने'

शुक्रवार , आश्विन २३, २०८३


काठमाडौँ, असोज ।

बजारमा उपभोक्ताले जुुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्न पाइने भएको छ । दशैँमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुुनसुकै कम्पनीका ग्यास सिलिन्डर साट्ने व्यवस्था गर्ने तयारी गरिएको हो ।

घटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका विभिन्न ६ स्थानबाट उपभोक्ताले ग्यास सलिन्डरसाट्न सक्ने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । 

घटस्थापनादेखि फूलपातीसम्म उपत्यकाका ६ स्थानबाट उपभोक्ताले आफूसँग भएको सिलिन्डर अन्य ब्रान्डको सिलिन्डरसँग निःशुल्क रूपमा साटेर तोकिएको मूल्यमा भरिएका सिलिन्डर पाउन सक्नेछन् ।

संघका अनुसार बालाजुस्थित नेपाल ग्यासको उद्योग, पेप्सिकोलास्थित सगर ग्यासको गोदाम, सुकेधारास्थित बाबा ग्यासको डिपो, सिफलस्थित एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीको साइबाबा र श्रीकृष्ण ग्यासको गोदाम र ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले सिलिन्डर साट्न पाउनेछन् ।

 यी स्थानबाट फरक कम्पनीको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने संघले जनाएको छ । निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा बिहान ९ः३० देखि अपराह्न ४ बजे सम्म ग्यास वितरण हुनेछ । 

संघका अनुसार,  चाडपर्वमा उपभोक्ताले सहज होस् भनेर एक साताका लागि जुुनसुुकै कम्पनीका सिलिन्डर साट्न व्यवस्था गर्न लागिएको हो ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार