२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

अध्यक्ष ओली र पूर्व प्रमुख साहबीच कडा प्रतिवाद

आइतवार , माघ ११, २०८२

काठमाडौं, माघ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान ८ बजेतिर  स्टाटसमा  जवाफ फर्काएका छन । 

सार्वजनिक बहसका लागि तयार रहेको फेसबुक पोस्टमार्फत घोषणा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार वालेन साह बालेनले त्यसको कडा प्रतिवाद गरेका छन्।

ओलीको पोस्टमा प्रतिक्रिया दिँदै बालेनले ओलीसँग एउटै मञ्चमा उभिएर बहस गर्न अस्वीकार गर्दै गम्भीर आरोपहरू लगाएका छन्।

बालेनले सन् २०२५ सेप्टेम्बर (२०८२ भदौ/असोज) को 'जेन–जी' आन्दोलनका क्रममा भएको हिंसात्मक घटनालाई स्मरण गराउँदै ओलीमाथि '७६ जना बालबालिकाको हत्यारा' भएको आरोप लगाएका छन्।

उनले २३ गते भएको भनिएको हत्या र दमनलाई लुकाउन २४ गते भौतिक संरचना जलाउने कार्य गरिएको दाबी गर्दै ओलीलाई "आफूलाई कहिले आतङ्कवादी स्वीकार गर्ने?" भनी प्रतिप्रश्न गरेका छन्।

"हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ," बालेनले फेसबुकमा लेखेका छन्।
हो ।
एमाले सचिवालयले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ भने रास्वपाले बालेनलाई र नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। 

ओलीले 'देश बनाउने' र 'देश जलाउने' पक्षबीचको प्रतिस्पर्धा भन्दै आफूलाई निर्माणको पक्षमा उभ्याउन खोजे पनि बालेनको यो पछिल्लो टिप्पणीले पुरानो राजनीतिक नेतृत्व र नयाँ शक्तिबीचको खाडललाई अझ फराकिलो बनाइदिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार