काठमाडौँ, असाेज ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा सभापति पदका लागि खसेको मतको गणना आजै गरिने भएको छ।
सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा आजै सुरु गरिने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन्।
अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सुरक्षित राखिने र सभापति पदको अन्तिम नतिजा सार्वजनिक भएपछि मात्रै गणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
यसैबीच नेपाली कांग्रेसका निर्विरोध निर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बेलुका ७ः१५ बजे मतदान गरेका छन्।