काठमाडौँ, पुस । नेपाली कांग्रेस हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाबाट सर्वसम्म निर्णय गरेर नाम सिफारिस गरेको छ ।
जिल्लामा बसेको जिल्ला संसदीय समितिको बोर्ड बैठकले सर्वसम्मत नाम पठाउने निर्णय गरेको हो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ जीवनबहादुर शाही, जयपति रोकाया र रीता शाहीको नाम सर्वसम्मत निर्णय गर्दै कर्णाली प्रदेशमा पठाउने निर्णय भए अनुसार पठाइएको कांग्रेस हुम्लाका उपसभापति कैलाश भण्डारीले जानकारी दिएका छन ।
जीवनबहादुर शाही पूर्वमन्त्री तथा कर्णाली प्रदेशका पूर्व मख्यमन्त्री हुन भने हाल कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलको नेता पनि हुन । उनको नाम सिफारिस गर्न कांग्रेस हुम्लाका तल्लो तहले समेत आग्रह गरेको थियो ।
यसैगरी जयपति रोकाया पूर्व पार्टी सभापति थिए भने रीता शाही संविधान सभाको सदस्य थिईन । यसैगरी, फागुन २१ गते हुने प्रतिनिधि सभा समानुपातिकतर्फ ताराबहादुर लामा, बलबहादुर लामा र रम्भा शाही गरी तीन जनाको नाम सिफारिस गरिएको छ ।
यसैगरी, राष्ट्रिय सभातर्फ खुल्लामा पदमबहादुर लामा र महिलातर्फ रंगमति शाही र सविता बुढाको नाम सिफारिस गरिएको छ । समितिले यी नाम सिफारिस गर्नु अघि जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सातवटै गाउँपालिकाका सभापति, वडा सभापतिको संयुक्त बैठक बसालेर सुझाव सङ्कलन गरेको थियो ।