२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

जेन-जी र सरकारसँगको सम्झौतापछि जेन-जीमा तनाव

बिहिवार , मंसिर २५, २०८२

काठमाडौँ, मङ्सिर । जेन-जी  र सरकारबीच बुधबार सिंहदरबारमा सम्झौता भएको थियो । जेन(जी आन्दोलन संस्थागत गर्नेगरी भएको सम्झौतामा हस्ताक्षर लगत्तै जेन-जीहरूको एउटा पक्षले प्रधानमन्त्री कार्यालयमा विवाद गरेका थिए । 

जेनजी प्रतिनिधि र सरकारबीच सम्झौता र प्रधानमन्त्री सुशीला कार्कीको सम्वोधनपछि जेनजी युवायुवती आपसमा झगडा गरेका हुन् ।

प्रधानमन्त्रीको सम्वोधनपछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै कराउन थालेकी थिइन् । अर्का युवाले केही सीमित व्यक्तिहरूले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए ।

केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार