राजविराज, असोज । सप्तकोशी नदीमा पानीको बहाव खतराको सतहभन्दा झण्डै तीन गुणा बढेपछि ब्यारेजका सबै ढोका खोलिएको छ । भीषण वर्षाले नदीमा उच्च रुपमा बहाव वृद्धि भइरहेको छ ।
आइतबार बिहान ९ बजे पानीको बहाव ४ लाख ३१ हजार ५२५ क्यूसेक मापन गर्दा सबै ढोका खोलिएको हो। ब्यारेजका ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सञ्चारकर्मीलाई बताए।
बहाव निरन्तर वृद्धि भइरहँदा जोखिमलाई मध्यनजर गर्दै ब्यारेज पुलबाट आवतजावत गर्न रोक लगाइएको छ, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सञ्चारकर्मीलाई भने ।
नदीमा एक लाख ५० हजार क्यूसेक बहाव पुग्दा खतराको संकेतस्वरूप ब्यारेजमा रातो झण्डा र बत्ती बालिन्छ ।