काठमाडौँ, असार । सहकारी ठगीका फरार साथी जीबी राईको लोकेशन पत्ता लाग्यो भनेर गृहमन्त्री रवि लामिछानेले भगाउने नियत देखाएको नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आशंका व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै शर्माले भने, गोप्य सूचना सार्वजनिक गर्ने तर पक्राउको लागि कुनै कसरत नगर्ने शैलीमा नियत देखिएको छ ।
उनले थपे, संसारलाई थाहा छ । गोरखा मिडियाका तत्कालीन दुई मालिकमध्ये एउटा फरार छन् । अर्को गृहमन्त्री छन ।
सहकारी ठगी गरी बेपत्ता व्यावसायिक साथीलाई सहकारी ठगीमा रहेकालाई गृहमन्त्रीले पक्राउ गर्नुपर्नेछ,’ शर्माले भने, ‘लोकेशन पत्ता लाग्यो भनेर माइक? केटोकटीपन हो । कि भगाउने नियत हो ?’
देशलाई जीबीको लोकेशन नभई उनी चाहिएको भन्दै शर्माले भने, लोकेशन पत्ता लागेको चार दिनसम्म केही कुनै प्रयास नगरेको भन्दै प्रश्न पनि उठाए ।
‘जीबी राईको लोकेशन चाहिएको होइन । देशलाई जीबी राई चाहिएको छ । लोकेसनमा गेट बनाएर कार्पेट ओछ्याएर दुई पक्षीय वार्ता हुने हो ?,’ उनले भने, ‘लोकेशन पत्ता लागेको ४ दिन भयो । लोकेशन पत्ता लागे?’
सुपुर्दगी सन्धिले कठिनाइ भए पनि प्रयास नै नगर्नुले समस्या भएको उनले बताए । रविले असार ६ गते जीबी राईको मलेसियामा लोकेशन पत्ता लागेको बताएका थिए ।
तर सामाजिक सञ्जालमा गोप्य सूचना चुहाए पनि पक्राउ नगरिनुले गम्भीर आशंका उत्पन्न गराएको उनले बताए ।