काठमाडौं, कात्तिक । एनपिएल खेल आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने पहिलो खेलमा शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सले चौथो स्थानमा रहेको जनकपुर बोल्ट्सको सामना गर्ने छ ।
यस प्रतियोगितामा अपराजित एक मात्र टिम लुम्बिनी लायन्सको यो तीन खेलमा दोस्रो जित हो । चितवन राइनोजविरुद्धको खेल वर्षाले रद्द भएप्छि लुम्बिनीले अङ्क बाँडेको थियो । लुम्बिनी तीन खेलमा पाँच अङ्कसहित शीर्ष स्थानमा रहेको हो । दोस्रो खेलमा विराटनगर किङ्ग्सले काठमाण्डु गोर्खाजको सामना गर्ने छ ।
विराटनगर किङ्ग्स, कर्णाली याक्स र जनकपुर बोल्ट्सले समान चार खेलमा दुई जित र दुई हारसहित चार–चार अङ्कमा छन् । यद्यपि रन औसतका आधारमा विराटनगर दोस्रो, कर्णाली तेस्रो र जनकपुर चौथो स्थानमा रहेका छन् । काठमाण्डु गोर्खाज दुई खेलमध्ये एकमा जित एकमा हारसहित दुई बटुलेर सातौँ स्थानमा रहेको छ ।