२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

देशको ' सूचना बेच्ने सदनमा छन्' भन्ने प्रकरण

महामन्त्री थापाले भने : " प्रधानमन्त्रीसँग अब हिसाब किताब "

आइतवार , जेठ २०, २०८१

 

काठमाडौँ, जेठ । कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पु्ष्पकमल दाहालको जवाफ मागेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले मन्त्री लामिछानेको उक्त अभिव्यक्ति कि त संसद्बाट हटाउन नभए त्यसको जिम्मेवारी लिई जवाफ दिन भनेका छन् ।

'सूचना बेच्ने मान्छेहरू पनि सदनमा छन् भनेर गृहमन्त्रीले भन्नुभयो । सदनमा गएर बोलेपछि जवाफ दिनुपर्छ । सूचना बेच्नेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ । अब हामी चुप लागेर बसेर हुँदैन । गृहमन्त्री होइन प्रधानमन्त्रीसँग हिसाबकिताब माग्नुपर्छ ।'

उनले गृहमन्त्री लामिछानेले आफैंलाई लक्षित गरेर भनेको उक्त अभिव्यक्तिले कुनै असर नपर्ने बताए । विगतमा कयौंपटक सत्तासँग लडेर आएको उदाहरण दिँदै थापाले भने - सत्तासँग लड्दा घाउ कसरी लाग्छ मलाई राम्ररी थाहा छ । एक्लै देशद्रोहको मुद्दा खेपेर आएको हुँ । 'आछ्युँ खाएँ बछ्युँ खाएँ झुसे बारुलो !'

उनले सदन चटकेले सडकमा जस्तो बोल्न पाउने ठाउँ नभएको भन्दै जथाभावी बोलेकोमा आपत्ति जनाए ।'बाहिर एउटा चटकेको जस्तो बोल्ल पाइएला तर संसद् चटक देखाउने ठाउँ होइनु थापाले भने,'सम्माननीय प्रधानमन्त्रीले रेकर्डबाट हटाउनुपर्यो । होइन भने प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार