२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

एमाले - रास्वपा सहमति  

महामन्त्री थापाले भने  : 'सहकारी र गिरिबन्धु टि इस्टेट प्रकरणमा मिलेर जाने '

आइतवार , जेठ ६, २०८१

काठमाडौँ, जेठ । प्रमुख प्रतिपक्ष दल कांग्रेसका महामन्त्री गगन थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टि इस्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी गरेका छन् । 

संघीय संसद् भवनमा आइतबार पत्रकार सम्मेलन गरी महामन्त्री थापाले रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्ध टि इस्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमती गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानबिन गर्न गठित समितिमा आफू नरहने बताएको दाबी गरे ।

सहकारी प्रकरणमा एमालेले साथ दिने भएकाले रास्वपाका सभापति लामिछानेलाई चिन्ता नभएको थापाको भनाइ थियो ।

‘सरकारलाई अविश्वास गर्नेहरूले सरकारले बनाएर हुन्छ, समिति बनाउनु पर्छ भन्छ । यहाँ त सरकारको गृहमन्त्री नै के भनिराख्नु भएको छ भने यसमा समिति बनाउने भनिराख्नु भएको छ । म आज यहीँबाट भन्छु–बनाउने हो । ल बनाउ । आज उहाँले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ । सबैमा समिति बनाए हुन्छ,ु थापाले भने, ुअनि उहाँले आज के भन्नु भयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन ।

हो, तपाई बस्नु नै पर्दैन । तपाईको काम अब एमालेले गरिदिन्छ । किनभने तपाईहरूको बीचमा एउटा राम्रो समझदारी बनेकै छ । एमालेले सहकारी नउठाउने, तपाईहरूले गिरिबन्धु नउठाउने । त्यसैले त्यसको बारेमा धेरै चिन्ता भएन ।’

महामन्त्री थापाले संसदीय समिति बनाएर विगतमा भएका सबै घोटालाको छानबिन गर्न आफूहरू तयार रहेको जवाफ पनि गृहमन्त्री लामिछानेलाई दिए ।
कान्तीपुरबाट 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार