२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

राष्ट्रपति निर्वाचन 

मिति घोषणा नभएकामा कांग्रेस सशंकित : 'माघ २९ भित्रै सम्पन्न गरिसक्नुपर्ने थियो !'

सोमवार , माघ १६, २०७९

 

काठमाडौँ, माघ । यही माघ २८ सम्म सम्पन्न गरिसक्नुपर्ने राष्ट्रपति  पदको निर्वाचन समयमा नै नतोकिँदा   नेपाली कांग्रेसमा शंका उत्पन्न भएको छ । यसअघि पटक पटक नेपाली कांग्रेसले छिटो निर्बाचन  गराउन माग पनि गरेको छ । 
कांग्रेसको आशंका भने आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल बढाउन नै निर्वाचनको मिति तोक्न आलटाल गरिरहेको आशंका  गरेको छ । कांग्रेसले निर्वाचनको मिति तत्काल घोषणा गर्न निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएको छ ।
कांग्रेसले कानुनी व्यवस्था बमोजिम राष्ट्रपतिको चुनाव हुनुपर्ने माग कांग्रेसको छ ।  संबैधानिक ब्यवस्था  अन्सार, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।  राष्ट्रपति भण्डारीको कार्यकाल फागुन २९ मा सकिने भएकाले माघ २९ भित्रै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने कांग्रेसको जोड छ ।
कान्तीपुर दैनिकमा कुलचन्द्र न्योपाने लेख्छन, निर्वाचन आयोगले भने संविधान र कानुनको व्यवस्थामा विरोधाभास देखिएको भन्दै संविधान बमोजिम नै निर्वाचन गर्न खोजिएको बताउँदै आएको छ । 
संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्ष हुने व्यवस्था गरेको र ऐनको व्यवस्था बमोजिम निर्वाचन गर्दा एक महिनासम्म मुलुकमा दुइटा राष्ट्रपति हुने तर्क आयोगले अघि सारेको छ । त्यही अनुसार आयोगले फागुन अन्तिममा राष्ट्रपतिको चुनाव गराउने तयारी गरिरहेको छ ।
संविधानको धारा ६३ को उपधारा १ मा राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ । 
सोही धाराको उपधारा २ मा ‘उपधारा १ बमोजिमको पदावधि समाप्त भएको राष्ट्रपतिले अर्को निर्वाचित राष्ट्रपतिले पदाभार नसम्हालेसम्म संविधानबमोजिमको कार्यसम्पादन गर्नेछ’ भन्ने उल्लेख छ । 
यही व्यवस्थाअनुसार वर्तमान राष्ट्रपति भण्डारीको कार्यकाल बढाउने नियतले निर्वाचनमा मिति घोषणामा ढिलाइ गरिएको आशंका कांग्रेसले गरेको हो । कांग्रेस नेता रामचन्द्र पौडेलले वर्तमान राष्ट्रपतिको कार्यकाल सकिनु एक महिनाअघि नै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था निर्वाचन आयोगले लत्याएको टिप्पणी गरे । उनले भने, ‘कतै जालझेल हुन लागेको हो कि भन्ने आशंका छ ।’
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि आयोगको ढिलाइलाई लिएर संशय पैदा भएको बताए । उनले दायाँबायाँ नसोची, नहेरी निर्वाचन आयोगले फागुन २८ अघि नै निर्वाचन मिति तोक्नुपर्ने बताए ।
‘राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयष्कर हुनेछ, यसतर्फ बेलैमा सबैको ध्यान जाओस्,’ खड्काले आइतबार ट्वीट गरेका छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेरै राष्ट्रपति निर्वाचनको अन्योल धेरै नराख्न आग्रह गरेका थिए । 
संविधान र कानुनको विरोधाभासलाई हटाएर राष्ट्रपतिको चुनाव गराउनुपर्ने सुझाव पनि लेखकले दिएका थिए । ‘राष्ट्रपति जस्तो पदको चुनाव गराउँदा कानुन उल्लंघन भएको सन्देश जानु मुलुकका लागि राम्रो होइन । यसले सरकारलाई पनि राम्रो गर्दैन । 
कानुन अनुसार चुनाव नभए संविधानको भावनाअनुसार नै हुने गरी संशोधन गरौं, प्रमुख प्रतिपक्षले साथ दिन्छ भनेरै मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हो, प्रधानमन्त्रीले हुन्छ भनेका थिए ।  तर सरकारको तयारी के छ अहिले थाहा छैन,’ उनले भने, ‘कुनै पनि हालतमा राष्ट्रपतिको चुनाव फागुनको २८ भन्दा उता लैजान मिल्दैन ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार