२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

संघीय संसद बैठक

कांग्रेस सांसद गगन थापाले भने : " संसद बैठकमा प्रचण्ड अलमलिएको देखेँ "

सोमवार , पौष २५, २०७९


काठमाडौं, पुस ।  संघीय संसदको अधिबेशन सकिएपछि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिगतको प्रतिनिधिसभा विघटनको निर्णय  प्रतिगमन थियो कि थिएन भन्ने बहस फेरि सुरु भएको बताएका छन् ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद थापाले प्रतिनिधिसभाको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै  भने, एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक ठाउँमा अप्ठ्यारोमा परेको बताए ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले बोल्दा एकअर्कालाई समर्थन त गरे तर एउटा अवस्थामा प्रचण्ड अलमलमा परेको आफूले देखेको उनले सुनाए । 
अनलाइनखबर लेख्छ,  सद बैठकपछि थापाले भने,‘(ओलीले) प्रतिनिधिसभा विघटन जनताको पक्षमा थियो, त्यसलाई प्रतिगामी भन्नेहरु नै प्रतिगामी हुन् भन्दै गर्दा प्रधानमन्त्री टेबल ठोकौं कि नठोकौं भनेर अलमलमा परेको देख्दा चाहिं सहानुभूति लाग्यो ।’
यो सामान्य अलमल नभएको र ओली र प्रचण्डबीच विग्रहको कारक बन्नसक्ने उनको दाबी छ । यो नेपालको संविधान र संवैधानिक व्यवस्थालाई कसरी लिने भन्नेसँग जोडिएको भन्दै उनले भने, ‘आजको पहिलो बैठकमा उहाँहरुले गरेको सम्बोधनले के संकेत गर्छ भने जुन विषय अघिल्लो प्रतिनिधिसभामा उहाँहरुको बीचको विग्रहको कारक बन्यो, यो विषयको बीजारोपण आज भयो र यो नै विग्रहको कारण बन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार