विश्वको ध्यान अहिले कोरोनाको संक्रमण बनेको छ । सबै देशले अब यसबाट कसरी पार पाउने भन्ने विषयमा नै छलफल, अन्तरक्रिया, अनुसन्धान चलिरहेको छ । यसबाट नेपाल पनि अछुतो छैन । र, समाजलाइ यसले नराम्ररी गाँजेको छ । यही अवस्थाबाट नेपाल पनि गुज्रिरहेको छ । यस्तै बेलामा कोरोनाको संक्रमण चलिरहँदा नेपालमा चाँहि एकातिर राजनीतिक गतिरोध चरममा छ भने अर्कातिर राष्ट्रियताको सवाल बनेको लिम्पियाधुरा अतिक्रमणमा परेको छ । यो अवस्थामा यस्ता घटनाले सचेत नागरिक र एउटा देशका निम्ति कति दुखदायी बन्ला गम्भीर्यताको बिषय बनेको छ ।
हामी नेपालीले बिदेशी भनेर सम्बोधनभन्दा पनि असल छिमेकी राष्ट्र भनेर धारण बनाइरहँदा तिनैबाट भोगेका पीडाको सम्झना नै नगरौँ । कति दुःख लाग्ला ? हामीले मानेको ‘संस्कृति, धर्म, परम्परा र रोटीबेटी र जनस्तरको सम्बन्ध’ भनेर गर्वका साथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा रहँदा संसदमा दिएको मन्तब्य केलाउँदा ब्याख्या गरिएको असल, निकट, साह्रो गाह्रोमा साथ दिने अतुलनीय सम्बन्ध भनेर बिश्वमाँझ चिनिएको, बुझिएको, देखिएको र ब्याख्या गरि हामी सँधै साथमा छौ भनेर प्रतिबद्धता जनाएको देश भारतबाट नेपालीले यो पीडादायी अवस्थामा पाएको यो स्नेह साँच्चै ब्याख्या गर्न लायक नै छ !
यस्तै साथ र सहयोग २०४५को नाकाबन्दी पायौँ, २०७२ को महाभुकम्पपछि पनि नाकाबन्दीको सहयोग पायौँ र अहिले कोरोना भाइरसले देश थलिएर र जनता संक्रमणको पीडाले टाउको उठाउन नसकेका बेलामा एउटा असल छिमेकी देशबाट लिम्पियाधुरा स्वग्रहणको उपहार अतुलनीय नै मान्नुपर्छ, छ, गौरव गरौ, हामी नेपालीले यस्तो असल छिमेकीबाट पाएको साथ र सहयोगको !
तर एउटा कुरा चाहिँ निश्चित छ कि भारतले नेपालले आफनो देशलाइ स्थिरता र गति दिन लागीरेहेका बेला सरकारलाइ गरिएको सुनियोजित प्रहार हो भन्नेमा चाहिँ नेपाली जनतामाँझ अब ब्याख्या गरिरहन नपर्ने अवस्था भएको छ । जुन अहिले सरकार बनाउने, भत्काउने र आफ्ना एजेण्डालाई संसदमा पु¥याई अनुकुल निर्णय गराउने प्रयत्न नै हो भनेर ब्याख्या गर्न सकिन्छ । राजनीतिक बिश्लेषकले यसका पछाडिका कारण भनेको ‘इन्डोसिआइए भर्सेस उत्तरी बिआरआई’ नै प्रमुख रहेको बताउँछन । जुन अहिले स्थापित गराउने प्रयास भइरहेछ ।
बिश्लेषकको धारणा छ, अहिले देखिएका सबै राजनीतिक ध्रुवीकरणसित कतै न कतै नेपालमा भएको प्यासिफिक समिट, चिनियाँ राष्ट्रपति सी चिन फिङको भ्रमणसित जोडिएको छ जुन कुरा लामो समयदेखि रोकिएको चिनियाँ राष्ट्रपतिको भ्रमण एकासी तय हुनु, यमसिसीलाई तत्कालीन सभामुखले ससदमा छलफल नगर्नु र महरालाइ सि चिन फिङको भ्रमण अगाडि नै पदबाट हटाउन फसाउने षडयन्त्र हुनु जस्ता गतिविधिले यही लाइनबाट अब नेपाली जनताले बुझ्नथालेको छन ।
संसदमा बिआरआइको विषय धेरै सांसदले बिरोध गर्दा गर्दै संसदमा प्रबेश गराउनु, राष्ट्रपतिको भ्रमण तालिका परिवर्तनका बिषय र नेपालमै आएर पश्चिमालाई संकेत गरी नेपाली भूमिबाट कडा रुपमा बिदेशीबिरुद्ध प्रस्तुत हुनु जस्ता घट्नाले पनि यो स्पस्ट हुन्छ कि चीनले नेपालमा भैरहेको पश्चिमी गतिविधिलाई धेरै नजिकबाट हेरिरहेको छ र यसलाई असफल बनाउने प्रयास स्वरुप चिनियाँ पक्षबाट भइरहेको भन्ने बुझ्न सकिन्छ ।
उता इन्डोसिआइए पनि आफ्नो पक्षमा कसरी उपलब्धि हासिल गर्न सकिन्छ भनेर लागी पर्दा, नेपाली जनताको चाहना अनुसार नेकपालाइ दुइ तिहाई जनादेश हुँदा हुँदै पनि आफ्नै पार्टीका बाट विभिन्न बहानामा सरकार परिवर्तनका लागि लाग्दा चिनियाँ राजदूत खुलेर लाग्नु पनि अहिले नेपालमा यी शक्ति नेपालमा आफ्नो अनुकुलको सत्ता ल्याउन र अनुकुल निर्णय गराउने खेल नै दुई विदेशी शक्तिको प्रतिष्पर्धा हो भनेर देखिन्छ ।
यस्तो अवस्थामा सरकार परिवर्तनमा जनताको चाहना भने खासै नदेखिदा दुबै शक्तिको प्रयास छताछुल्ल हुन पुगेको छ । त्यसैको एउटा विम्वको रुपमा अहिले उठेको हो ‘लिपुलेक’ । भारतले यही राजनीति गर्यो, बिश्लेषक भन्छन ।
धेरैचोटी मन्त्री, प्रधानमन्त्री भैसकेका ब्यक्तिबाट जुन किसिमको बिरोध प्रदर्शन भइरहेको छ, लाग्छ कि यो विषयमा कोही पनि जानकार छैनन्। भारतले यो १ बर्षमा राता, रात बनाएको त होइन, जुन बिषय राजा महेन्द्रको पालादेखि नै विवाद थियो । यदि भारतलाइ अतिक्रमण नै गर्नु थियो भने किन सुटुक्क गरेन, किन नेपाली राजनीतिमा सत्ता परिवर्तनको खेल हुँदै गर्दा आयो ? यसले एउटा कुरा के चाहिँ देखाउछ भने जब पहिलो गोटी प्रधानमन्त्रीको राजीनामा माग्न सफल भएनन् र जनताले पनि चाहेनन । राष्ट्रिय स्वाधिनताको बिषय आउँदा नेपाली जनता जहिले पनि पार्टीभन्दा माथि उठेर एकजुट हुने भएकाले यो नियोजित रुपमा आएको घटना हो ।