२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सचिवालय सदस्य विराजभक्त श्रेष्ठद्वारा शपथ ग्रहण

आइतवार , आश्विन ४, २०८३

काठमाडौं, असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिनुभएको छ ।

आइतबार केन्द्रीय सचिवालयको बैठक अगाडि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सपथ समारोहमा महामन्त्री विपिन आचार्य सहभागी हुनुहुन्थ्यो । मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट २ हजार १२३ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए। भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकबाट सभापति लामिछानेले श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गर्नुभएको थियो । शपथ लिँदै मन्त्री श्रेष्ठले जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

रास्वपा प्रथम ऐतिहासिक महाधिवेशनमा दुई तिहाइभन्दा बढी मत प्रदान गरी केन्द्रीय समिति सदस्यमा निर्वाचित गर्नुभएकोमा पार्टीको सार्वभौम सदस्यहरु सम्पूर्णमा आभार व्यक्त गर्दै श्रेष्ठले भन्नुभयो, “सबैको साथ, सहयोग, समन्वय र सुझावलाई आत्मसात् गर्दै आफ्नो जिम्मेवारी र कर्तव्य निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार