२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनको मूल्य तोलामा एक हजार दुई सय र चाँदीको ४०  रुपैयाँले घटयो

मंगलवार , भाद्र ३०, २०८३

काठमाडौँ,भदौ। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा एक हजार दुई सय र चाँदीको ४०  रुपैयाँले घटेको हो ।

मूल्य घटेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँ रहेको थियो।

आइतबार प्रतितोला चार हजार छ सय ६० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार घटेर चार हजार छ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार