२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रधानन्यायाधीश शर्मा : चीन प्रस्थान

आइतवार , आश्विन ४, २०८३

 

काठमाडौँ, असोज ।

प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६ मा सहभागी हुन आज चीन प्रस्थान गरेका छन ।

चीन कानुन समाजद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीनको ग्वान्झाउ प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन ।

प्रधान्यायाधीश शर्मा नेतृत्वको भ्रमण दलमा धर्मपत्नी उमा शर्मा, मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी हुनुहुन्छ ।

प्रधानन्यायाधीश शर्मा यही असोज ८ गते स्वदेश फर्किनुहुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार