२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक

कांग्रेसले भन्यो : ' कानेखुसीले संसद अगाडि बढ्न सक्दैन '

मंगलवार , जेठ १२, २०८३

 

काठमाडौं, जेठ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखको ' कानेखुसी' ले संसद अगाडि बढ्न नसक्ने आरोप लगाएको छ ।

प्रतिनिधिसभाको आजको वैठकको दोस्रो चरणमा बोल्दै कांग्रेस सांसद निश्कल संसदको गरिमामाथि प्रश्न उठाएका हुन् ।

सांसद राईले क्रमभङ्गताले संसदको गरिमा अझ बढाउँछ जस्तो लागे पनि त्यस्तो नभएको टिप्पणी गरे ।

उनले आफ्नो पार्टीको सांसद गीता स्याङतानलाई फोटो खिचेको निहुँमा संसदका मर्यादापालकले यसअघिको वैठकबाट बाहिर निकालेको बताए ।

उनले सभामुखले पहिलो पटक सांसदलाई सचेत गराउने, जुन कुरा नियमावलीको ३० ले त्यहि कुरा भन्ने उनले बताए ।

सांसद राईले त्यति गर्दा पनि नभए नियमावलीको ३१ अनुसार सभामुखले आदेश गर्ने भए पनि सभामुखको आदेश बिना नै मर्यादापालकले बाहिर निकालेको बताए ।

सांसद राईले सभामुखको आदेश बिना गरिएको गतिविधि सैह्य नहुने समेत चेतावनी दिए । सांसद राईले सभामुखले कानेखुसी गरेर सभा अगाडि बढाउन नमिल्ने बताएका छन् ।

सिङ्गो सदनलाई जानकारी गराएर मात्र यस्तो गर्न पाइने बताउँदै सांसद राईले भने,' कानेखुसीबाट यो सदन अगाडि बढ्न सक्दैन।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार