२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी

सभापति लामिछानेले भने  : ' प्रधानमन्त्री संसद नआएर मलाई दबाब छैन '

बिहिवार , जेठ ७, २०८३

 

काठमाडौं, जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन्।

बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आउने र यसको जानकारी पनि छिट्टै हुने बताए।

प्रधानमन्त्री संसदमा आउँदा तपाईँलाई दबाब बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले आफूलाई कुनै दबाब नभएको बताए।

उनले जनताको अपेक्षा अनुसार सरकारले काम गरोस् भन्ने दबाब भने आफूलाई हुने गरेको बताए।

सभापति लामिछानेले महाधिवेशनमा पार्टी होमिएको र महाधिवेशनमार्फत पार्टीलाई ठीक ढंगले अघि लिएर जाने बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार