२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा बैठक

जेन–जी आन्दोलन जाँचबुझ प्रतिवेदन - '  सार्वजनिक गरौँ  '

सोमवार , जेठ ४, २०८३

 

काठमाडौँ, जेठ ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेन- जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समय लिएर बोल्दै उनले सो आयोगको प्रतिवेदन अझै औपचारिक रूपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाएका हुन् ।

उनले सो प्रतिवेदन सबै सांसदहरूलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए । भाद्र २३ र २४ को नरसम्हार र विध्वंशको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बुझाइसकिएको छ ।

तर उक्त दस्तावेज अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । ;तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरुलाई उपलब्ध गराईसोस भन्ने माग गर्दछु, नेता केसीले भने ।

उक्त आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएको पनि सांसदहरूको आपत्ति छ । नेता केसीले सरकारले त्यस्ता आयोगहरूको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाइ गर्न नहुने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार