काठमाडौं, चैत । हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम सँस्कृति पार्टीले पनि समानुपातिकतर्फका चार सांसद छानेको छ ।
श्रम सँस्कृतिले समानुपातिकबाट आदिवासी जनजातितर्फ पूर्णबहादुर लिम्बू, खसआर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट एक महिला रुबीकुमारी ठाकुरको नाम सार्वजनिक गरेको हो ।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा श्रम सँस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ । पार्टीको विधान, योग्यता तथा क्षमताका आधारमा समानुपातिक सांसद छनौट गरिएको पार्टीले जनाएको छ ।