२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस, देउवा समूह आयोगमा

उम्मेदवारी दर्ताको समय सार्न दबाब : 'सर्वोच्चको रिट लिएर पुग्यो '

कांग्रेस, एमालेलगायतका दलले मनोनयन दर्ताको समय माघ १५ देखि मसान्तसम्म सार्न आग्रह

आइतवार , माघ ४, २०८२


काठमाडौँ, माघ । आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसीमा थप गर्नुपर्ने भन्दै निर्वाचन आयोगमाथि दबाब बढेको छ ।

माघ ६ मा तोकिएको मनोनयनका लागि समय अभाव हुनुका साथै नेपाली कांग्रेस विवादमा रहेकाले सार्नुपर्ने भन्दै दबाब आएको निर्वाचन आयोगका एक पदाधिकारीले बताए ।

आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेर मगलबार नै सुनुवाइको पहिलो पेसी पाएपछि शेरबहादुर देउवा पक्ष पनि आयोग पुगेको छ ।

देउवाका तर्फवाट सर्वोच्चमा पेस भएको रिटको कपी नै लिएर मीनबहादुर विश्वकर्मा नेतृत्वमा देउवा समूह निर्वाचन आयोग पुगेको हो । उनीहरुले प्रमुख आयुक्तसहितलाई भेटेर मनोनयन मिति सार्न आग्रह गरेका छन् ।

निर्वाचन आयोगले गगन थापा नेतृत्व कांग्रेसलाई आधिकारिकता दिएको र त्यसमा चित्त नबुझेपछि आफूहरु अदालत गएकाले अदालतको पहिलो सुनुवाइपछि मात्र मनोनयन गर्ने व्यवस्था मिलाउन देउवा पक्षले आग्रह गरेको छ ।

आयोगका अनुसार कांग्रेस, एमाले लगायतका दलले मनोनयन दर्ताको समय माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेका छन् ।

यद्यपि आयोगले अहिलेसम्म सार्ने विषयमा निर्णय नगरिसकेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । यहाँ केही दलमा नेता पनि आउनुभएको छ । आयोगले हालसम्म केही निर्णय गरेका छैन, भण्डारीले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार