२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस विशेष महाधिवेशन : ' मतदान बुधबारलाई सर्यो '

मंगलवार , पौष २९, २०८२

काठमाडौं, पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको निर्वाचन कार्यतालिका परिवर्तन भएको छ। निर्वाचन समितिका अनुसार मनोनयन दर्ता र मतदानको समय परिवर्तन भएको हो।

निर्वाचन समितिका अनुसार मनोनयन दर्ता मंगलबार साँझ साढे ७ बजेसम्मका लागि तोकिएको छ भने मतदान भोलि (बुधबार) लाई लागि सारिएको छ।

यसअघि आजै राति ९ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक भएको थियो। संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच वार्ता चलिरहेकाले मतदानको समय भोलिलाई सारिएको बताइएको छ।

संस्थापनका पक्षका नेताहरूले भने वार्ता सकारात्मक रहेको र रातभरिमा सहमतिको बिन्दुमा पुग्ने दाबी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार