२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस विशेष महाधिवेशन बहस

नेता डा.भण्डारीले भने : ' हामी पार्टी विभाजन हुन दिँदैनौँ '

विशेष महाधिवेशन - ' नीति वा सङ्कल्प अधिवेशनको रूपमा अघि बढाऔँ  '

शनिवार , पौष २६, २०८२

 

काठमाडौं, पुस । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफूहरूले पार्टी विभाजन हुन नदिने बताएका छन्। शनिबार बत्तीस पुतलीमा पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएका हुन्।

नेता भण्डारीले भने,ʻहामी कुनै हालतमा पार्टी विभाजन हुन दिँदैनौँ। विशेष महाधिवेशनलाई नीति महाधिवेशन वा सङ्कल्प अधिवेशनको रूपमा अघि बढाऔँ।ʼ

नेता भण्डारीले अबको चार महिनापछि नियमित महाधिवेशनमा आउनेहरूलाई खुराक दिएर उत्साहित बनाउनु पर्ने बताए। उनले भने,ʻविशेष महाधिवेशनको नाममा देशभरिबाट आएका साथीहरूलाई उत्साहित बनाएर फेरि चार महिनापछि हुने महाधिवेशनमा आउने गरी पठाऔँ।ʼ

नेता भण्डारीले विशेष महाधिवेशनलाई सम्पूर्ण पार्टीको हो भन्ने बनाउनुपर्ने बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार