२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नयाँ कुमारीको प्रतिस्थापन : ' आर्यतारा शाक्य भईन '

मंगलवार , आश्विन १४, २०८२

 

काठमाडौँ, असोज । आर्यतारा शाक्यलाई नेपालकी जीवित देवी श्रीकुमारी पदमा नियुक्त गरी मङ्गलबार दसैँको महाअष्टमीका दिन कुमारी घरमा भएको छ । आठ वर्षपछि काठमाडौँमा जीवित देवी कुमारी परिवर्तन गरिएको हो ।

कुमारीलाई जीवित देवीका रूपमा पुजिन्छ । हालकी कुमारी तृष्णा शाक्यको कुमारी बस्ने औसत उमेर पूरा भएको छ । तृष्णा २०७४ सालमा कुमारीका रूपमा कुमारी घरमा प्रवेश गरेकी छन । उ

नको उमेर १२ वर्ष पूरा भएकाले दसैँको महाअष्टमीका दिन कुमारी घरमा नयाँ कुमारी भित्रयाइने भएको गुठी संस्थान, प्रधान कार्यालयले जनाएको छ ।

काठमाडौँ महानगरपालिका - १७ निवासी अनन्त शाक्य र प्रतिस्था शाक्यकी सुपुत्री आर्यतारा शाक्यलाई गुठी संस्थानको मिति २०८२ असोज ९ गतेको निर्णय अनुसार श्रीकुमारी मातामा नियुक्त गरिएको हो ।

गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरले प्रतिस्थापन प्रव्रियाबारे जानकारी दिँदै नवनियुक्त कुमारीलाई परम्परागत विधि अनुसार जिम्मेवारी हस्तान्तरण सम्पन्न भइसकेको र सम्बन्धित सबैलाई यसबारे आधिकारिक रूपमा सूचित गरिएको बताए ।

नेपालमा कुमारी प्रथा एक जीवित देवीका रूपमा मानिन्छ, जसलाई तलेजु भवानीको अवतारका रूपमा पूजा गरिन्छ । विशेष गरी काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा बस्ने कुमारीलाई राजकीय कुमारी मानिन्छ ।

दसैँ, इन्द्रजात्रालगायतका महवपूर्ण चाडपर्वमा नवनियुक्त कुमारीको उपस्थितिलाई विशेष महìव दिइन्छ । कुँवरका अनुसार कुमारी चयन प्रव्रिmया अत्यन्तै परम्परागत मानक अनुसार हुने गर्छ ।

उमेर, स्वास्थ्य, पारिवारिक पृष्ठभूमि, तथा विशेष शारीरिकआध्यात्मिक लक्षणका आधारमा गुठी संस्थान र सम्बन्धित जातीय समुदायका प्रतिनिधिहरूको सहभागितामा नयाँ कुमारी चयन गरिन्छ ।

नवनियुक्त जीवित देवी आर्यतारा शाक्य अब वसन्तपुरस्थित कुमारीघरमै बस्ने छिन । कुमारीलाई धार्मिक कार्य, पूजाआजा र राज्यका प्रमुख चाडपर्वमा विधिपूर्वक उपस्थित गराइने परम्परा छ ।

वसन्तपुरस्थित कुमारीघरका प्रतिनिधि तथा इन्द्रजात्रा संरक्षण समितिका अध्यक्ष गौतम शाक्यका अनुसार तृष्णा शाक्यलाई बाजागाजाका साथ बिदाइ गरी आर्यतारा शाक्यलाई प्रतिस्थापन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार