२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

बिहिवार , आश्विन १, २०८३

काठमाडौँ, असोज। आश्विन सङ्क्रान्तिका दिन हिन्दू धर्मावलम्बीले विश्वकर्मा पूजा मनाउने गर्छन् ।यस दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण तथा औजारको पूजा गरी विश्वकर्मा पूजा मनाउने चलन छ ।

कालिगड तथा विभिन्न उद्योग–कलकारखानामा काम गर्नेहरूले फलामे औजार र उपकरणको पूजाआजा गरी विश्वकर्मा पूजा मनाउने गर्छन् । समुद्र मन्थनबाट प्रकट हुनुभएका भगवान् विश्वकर्मालाई स्मरण गर्दै औजार, धातुजन्य उपकरण तथा सवारीसाधनको पूजा गर्नाले चोटपटक नलाग्ने र दुर्घटना नहुने जनविश्वास छ ।

द्वापरयुगमा भगवान् कृष्णलाई विभिन्न राक्षसले दुःख दिएपछि कृष्णकै आग्रहमा विश्वकर्माले समुद्रको बीचमा द्वार बनाई संरक्षण गरेको धार्मिक विश्वाससमेत छ । सोही समयदेखि विश्वकर्मा पूजा गर्ने परम्परा चलिआएको किंवदन्तीमा उल्लेख छ ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

विश्वकर्मा पूजाका अवसरमा काठमाडौँ उपत्यकाको भद्रकाली, मैतीदेवी तथा ललितपुरको महालक्ष्मी मन्दिरलगायत विभिन्न शक्तिपीठमा सवारीसाधनको पूजाआजा गर्ने गरिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार