२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सत्तागठबन्धन प्रदेश भेला

कांग्रेस सभापति देउवाले भने : 'देश बचाउन कम्युनिस्टहरूलाई साथ लिएर गठबन्धन'  

शुक्रवार , कार्तिक ४, २०७९


नताको वलिदानबाट आएको लोकतन्त्र नै खतरामा परेपछि कम्युनिस्टहरूलाई पनि साथ लिएर देश बचाउन गठबन्त्रन गर्नुपरेको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  बताएका छन् । उनले यो गठबन्धन चुनाव जित्नका लागि चुनावसम्मका लागि मात्र नभएर देश र व्यवस्था बचाउनका लागि वर्षौंसम्म रहने दाबी गरे । 
शुक्रबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय ५ दलीय गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा उनले पवित्र उद्देश्यले गठबन्धन गरिएकाले गठबन्धन पार्टीभित्र शंका उपशंका नगर्न र सबैलाई मतदान गर्न आग्रह गरे ।
'गठबन्धन दलभित्र शंका–उपशंका वा बहानाबाजी चल्दैन । जो -जो कार्यक्रममा देउवाले अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउन विश्वास कायम राख्नुपर्ने दोहोर्‍याए । अझै केही वर्षसम्म नेपालमा समावेशिता, संविधान र गणतन्त्र बचाउन गठबन्धन आवश्यक छ ।' 
देउवाले भने, 'गठबन्धनको खिलाफमा एउटा तागत लागिरहेको छ, भन्न थालिसके राजावादी तागत नै राष्ट्रवादी हो रे । यसलाई गलत साबित गर्नुपर्ने छ ।'
सभापति देउवाले गठबन्धनले जितेर सरकार बनेपछि धेरै कुरा मिल्न सक्ने भन्दै एक–आपसमा शंका र बेइमानी गर्दा ठूलो नोक्सानी बेहोर्नुपर्ने भएकाले त्यसतर्फ सचेत रहन पटकपटक आग्रह गरेका थिए । आपसमा भ्रम भयो भने सबैभन्दा बढी क्षति हामीलाई नै हुन्छ । प्रचण्डजीलाई पनि विश्वास दिलाउनु छ, उनले भने ।

प्रधानमन्त्री देउवाले ठूलो बलिदानी गरेर राजतन्त्र फालेर लोकतन्त्र ल्याएको स्मरण गराउँदै अहिलेको गठबन्धन नै सच्चा राष्ट्रवादी लोकतन्त्रवादी र समाजवादी भएको बताए । उनले भने, लालसलाम पनि हामी हौं, जय नेपाल पनि हामी हौं ।  अभिवादन पनि हामी हौं । हामी नै राष्ट्रवादी हौं । देउवाले जनताको घरघरमा पुगेर गठबन्धनको पक्षमा जनमत सिर्जना गर्न पनि कार्यत्कर्ताहरूलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार