२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस

वरिष्ठ नेता पौडेलले भने : 'राजनीतिक स्थिरता र सुशासन गठबन्धनको मुख्य लक्ष्य'  

शुक्रवार , आश्विन २८, २०७९


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको  आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले  राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताएका छन ।  
गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाइने जानकारी गराउँदै आफूले सोही लक्ष्य लिएर राजनीति सुरु गरेको नेता पौडेलले उल्लेख गरे । “गाउँमा सुविधा र रोजगारीको अवसर नभएपछि मानिस सहर झरेका छन्, अहिले गाउँमा सबै सुविधा पुगिसकेको छ, अब आम्दानी र रोजगारीको अवसर पनि पुग्छ”, उनले भने । 
तनहुँले विकासमा काँचुली फेर्ने जिकिर गर्दै वरिष्ठ नेता पौडेलले  शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि यो समयमा मात्र तनहुँमा रु दुई अर्बभन्दा बढी बजेट आएको र यसले निरन्तरता पनि पाउने उल्लेख गरे । सडक, पुल, खानेपानीको विकासले तीव्रता पाएको र कषि तथा पर्यटनमा पनि क्रान्ति हुँदै गएको उहाँले उल्लेख गरे ।  
वरिष्ठ नेता पौडेलले आजै व्यास–१३ बेनीकोट, पोखरीभञ्ज्याङ, गुदी, व्यास–१४ केशवटार, रुम्सी, ठिन, नयाँ गाउँमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार