२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली कांग्रेस 

विद्रोही उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय गर्न निर्देशन : " कारबाही फुकुवा गर्ने " 

बिहिवार , आश्विन २७, २०७९

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही बनेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन गरेको छ ।
तोकिएको समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवारलाई यही असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपर यसअघि गरिएको कारबाही फुकुवा गर्ने कांग्रेसले आज जनाएको छ । 
त्यस्ता विद्रोही उम्मेदवारले उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता जनाउनुपर्ने छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा÷प्रदेशसभाको निर्वाचनमा आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवार बनेका पार्टी सदस्यलाई तोकिएको समय असोज २६ गतेभित्र उम्मेदवारी फिर्ता नलिएकाले त्यस्ता उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई कांग्रेसले पार्टी सदस्यता नरहने गरी पाँच वर्षका लागि निष्काशन गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार