२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि तथा प्रदेशसभा निर्बाचन 

नेपाली कांग्रेसका बागी उम्मेदवार  : " प्रस्तावक र समर्थक पार्टीबाट निष्कासित "

बुधवार , आश्विन २६, २०७९


नेपाली कांग्रेसले बागी उम्मेदवार र उम्मेदवारको प्रस्तावक र समर्थक बसेकाहरुलाई पार्टीको साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । कांग्रेसले सत्ता गठबन्धनको निर्णयविपरीत उम्मेदवार बनेकाहरुलाई एकमुष्ट कारवाही गरेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्व उम्मेदवार दिएका, प्रस्तावक बसेका र समर्थक रहेकाहरुलाई कारवाही गरिएको जानकारी दिए ।
देशभर प्रतिनिधिसभा र प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएर फिर्ता नलिनेहरुलाई कांग्रेसले एकमुष्ट कारवाही गरेको हो । 
गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर अधिकांश प्रभावशाली नेताहरुले भने बागी फिर्ता लिएनन् ।
कांग्रेसका केन्द्रीय सदस्य रहेका दिनेश कोइराला चितवन(३ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् भने पूर्वसांसद अमरेशकुमार सिंह सर्लाही(४ बाट स्वतन्त्र उम्मेदवार बनेका छन् । चितवन ३ मा कोइरालालाई एमालेले समर्थन गरेको छ ।
पौडेलका अनुसार उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा समेत उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई पार्टी विधानको धारा ३४ (४) (क) बमोजिम पार्टीको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार