२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

एमाले मधेश प्रदेशमा  विद्रोह  

प्रभु साहले बनाए समानन्तर संगठन : " मधेसका २५ स्थानमा दिए संगठित स्वतन्त्र उम्मेदवारी "

'प्रतिनिधिसभाका ८ र प्रदेशसभाका १६ स्थानमा साहसहित उनी निकटका व्यक्तिको उम्मेदवारी, जसपासँग एमालेले गरेको तालमेलबाट असन्तुष्ट' 

सोमवार , आश्विन २४, २०७९

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेका केही नेताले मधेस प्रदेशमा संगठित रुपमा विद्रोह गरेका छन् । मधेश रानीतिमा ठूलो प्रभाव राख्ने स्थायी कमिटी सदस्य प्रभु साहसहितका जिल्लास्तरका नेताले बिद्रोह गरेका छन । 
संगठित रुपमा बिदा्रेहमा उत्रिएका उनीहरुले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि २५ स्थानमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेभित्र जनता समाजवादी पार्टी (जसपा) सँग मधेसमा चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका साहले आफ्नै पार्टीको टिकटलाई समेत अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उनले रौतहट  ३ मा  स्वतन्त्र उम्मेदवारी दिँदै उनले जसपासँग गठबन्धन गरेर एमाले अपवित्र भएको दाबी गरे । २०६४ सालदेखि साहले आफ्नो गृहनगर मौलापुर समेत पर्ने त्यस क्षेत्रबाट चुनाव जित्दै आएका छन् । 
कान्तीपुर दैनिक लेख्छ, प्रतिनिधिसभा अन्तर्गत मधेसका ३२ निर्वाचन क्षेत्रमध्ये ८ वटामा विद्रोह भएको छ भने प्रदेशसभातर्फ १७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
साहले पार्टीको टिकट अस्वीकार गरेर स्वतन्त्र उम्मेदवारी दिँदा रौतहट ३ मा उम्मेदवारको स्थान रिक्त भएको छ । साहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि अर्को व्यक्तिलाई एमालेले उम्मेदवार बनाउने कोसिस गरेको थियो । 
आइतबार साँझ साढे ५ बजे निर्वाचन कार्यालय पुगेकाले उम्मेदवारीका लागि ठिक्क परेका व्यक्तिले कार्यालय परिसरमा प्रवेश गर्न पाएनन् ।
सर्लाही १ (१) का प्रदेशसभामा उम्मेदवारी दिएका चन्द्रभूषण साहले प्रतिनिधिसभामा ८ वटा क्षेत्र र प्रदेशसभामा १६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी परेको बताए ।
नेता प्रभू साहले बनाएका आईटी आर्मीका प्रमुख साहले एक्लै चुनाव लडौंभन्दा नमानेपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए ।
‘हामीले जसपा र अन्य दलहरूसँग गठबन्धन गर्नुहुँदैन भनेर भन्दै आएका थियौं । त्यो केन्द्रले स्वीकार नगरेपछि उम्मेदवारी दिएका हौं‚’ साहले भने ।
साहका अनुसार प्रतिनिधिसभातर्फ रौतहट -३ बाट प्रभु साह‚ रौतहट - २ मा किरण साह, रौतहट- ४ मा प्रदीप साह, महोत्तरी - ३ मा रामआधार कापड, सर्लाही - १ मा मानवबहादुर खड्का, धनुषा- १ मा कसोरी साह कमल, धनुषा- ४ मा कृष्णकुमार महतो, (१) बाट रेणुका पौडेल, बारा- ४ (२) बाट उमेश कुशवाहा, रौतहट- ३ (१) बाट केशव राय चौधरी, रौतहट - ३ (२) बाट कुन्दन कुशवाहा‚ रौतहट-१ (२) बाट राजेश चौधरी, रौतहट-१ (२) बाट मनोज यादव, महोत्तरी- ३ (१) बाट मुजिम राय, महोत्तरी-३ (२) बाट सुनील रोहित, सिरहा-३ (२) बाट गोपालप्रसाद यादव, सिरहा-२ (२) बाट योगेश सिंह, महोत्तरी- १ (२) बाट प्रमोद महतो, बारा- १ (१) बाट देवराज घिमिरे, बारा-१ (२) बाट जयन्त कुशवाहा, पर्सा-१ (२) बाट कदम रसुल, पर्सा-४ (२) बाट पहलाद गुप्ता र पर्सा -२ (१) बाट विनोद लामाले उम्मेदवारी दिएका छन् ।

आइतबार स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि प्रभु साहले पनि जसपासँग मिलेर चुनाव लड्ने भएपछि एमाले अपवित्र भएको बताए । उम्मेदवारी दर्तापछि उनले भने‚ ुएमाले पार्टीले देशमा एकता, समृद्धि गर्ने सम्भावना बोकेको थियो भनेर लागेका थियौं । 
जसपा जस्तो भ्रष्ट, घोटाला नै घोटाला गर्ने, मधेसी र पहाडीबीच साम्प्रदायिकता फैलाउने शक्तिसँग अनैतिक सम्बन्ध बनाएपछि हामी असन्तुष्ट भएका थियौं । 
हामीले निरन्तर भनिरहेका थियौं कि यसले मधेस र देशमा पार्टीलाई घाटा हुन्छ, 'उम्मेदवारी दर्तापछि साहले भने, 'कुर्सीको खेलका लागि देशमा अस्थिरता ल्याउनुहुन्न भन्दा पनि सुनुवाइ भएन ।' 
मधेसको अस्थिर, साम्प्रदायिक शक्तिसँग साँठगाँठ गरेको एमालेको टिकटबाट लड्यो भने त त्यसको बचाउ गर्नुपर्छ । महान् पार्टी हो उपेन्द्रजीको भन्नुपर्छ । गठबन्धन बनाइसकेपछि एमाले स्वच्छ रहेन, अपवित्र रह्यो । त्यो अपवित्रतामा सँगै हिँड्न सकिँदैन भनेर स्वतन्त्र उठेको हुँ ।' जुनयुद्धकै समयदेखि माओवादीमा सक्रिय रहेका साह नेकपा विभाजन भएपछि नेकपा एमालेको रहेका थिए । माओवादीले कारबाही गर्दा डेढ वर्षदेखि उनीहरुको पद रिक्त भएको छ ।

‘साहले पार्टीमा आईटी आर्मी भन्ने समूह चलाउँदै आएका थिए‚ त्यसमा रहेका नेताहरुलाई विभिन्न ठाउँमा उम्मेदवार बनाउनु भएको छ भन्ने जानकारी आएको छ । के कति भन्ने यति नै संख्या हो भनेर निश्चित गरेका छैनौं‚’ एमालेका एक पोलिटब्युरो सदस्यले भने, ‘हामीले पहिलेदेखि नै साहको भूमिका पार्टीमा रहने प्रकारको छैन । जुनसुकै समयमा धोका हुनसक्छ भनेर नेतृत्वलाई बारम्बार भनेका थियौं । अहिले परिणाम त्यस्तै देखियो ।’

पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्राथमिकतामा इन्चार्ज महासेठ र महासचिव शंकर पोखरेलको प्राथमिकतामा साह पर्दै आएका थिए ।साहले कतिपय व्यक्तिलाई टिकट दिने आश्वासन दिएर एमालेमा भित्र्याएका तर गठबन्धन हुँदा उनीहरूको टिकट काटिने भएपछि असन्तुष्टि रहेका थिए ।

साहले मधेसमा एमालेले कुनै पनि दलसँग चुनावी तालमेल गर्न नहुने पक्षमा रहेका थिए । केन्द्रका नेताहरूलाई उनले भेटेर एमालेमा विभिन्न दलका नेताहरू आइरहेको समयमा तालमेल गर्न नहुने बताएका थिए ।
साह विपक्षमा हुँदा पनि जसपासँग चुनावी गठबन्धनमा जोड प्रदेश इन्चार्ज तथा सचिव रघुवीर महासेठको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पहिलो चरणको वार्ता भएपछि महासेठको निवासमा थप छलफल र सहमति भएको थियो ।
महासेठ र साहबीच पार्टीभित्र खिचातानी चल्दै आएको थियो । 
‘जनस्तरमा राम्रो आधारमा बने पनि स्थानीय चुनावमा पनि महासेठ र साहबीचको तानातानी र तिक्तताको कारणले गर्न गुम्यो‚’ एमालेका एक पदाधिकारीले भने, ‘अहिलेको चुनावमा पनि त्यस्तै देखिँदै छ ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार