२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'प्रतिनिधिसभाले भनेजस्तो काम गर्न सकेन' : अध्यक्ष यादव

आइतवार , आश्विन २, २०७९

 

काठमाडौँ, असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पाँच वर्षको कार्यकालमा भनेजस्तो काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले यसअघिको सरकारले संसद् असंवैधानिक तरिकाले पटक–पटक भङ्ग गरेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक व्यवस्था संस्थागत हुन नसकेको बताउनुभयो ।
उहाँले मुलुक सङ्घीय प्रणालीमा गइसके पनि अझै पनि एकात्मक शक्तिको अभ्यास, चिन्तन, व्यवहार र संरचनाबाट मुलुक अघि बढिरहेको आरोप लगाउनुभयो । 
अध्यक्ष यादवले संसद् विघटन हुँदा सङ्घीय लोकतन्त्र नै धरापमा परेको अवस्थामा प्रतिगनमलाई पाँच दलीय गठबन्धनले लोकतन्त्रलाई सही दिशामा ल्याउन सफल भएको दाबी गर्नुभयो ।
उहाँले सङ्घीय निजामती ऐन ल्याउन नसकिएकामा दुःख व्यक्त गर्दै संसद्ले कतिपय ऐन पारित गरे पनि केही विधेयक त्यत्तिकै थन्किएको बताउनुभयो । अध्यक्ष यादवले कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित गर्न नहुने भन्दै जन्मको आधारमा व्यक्तिलाई नागरिकता दिनुपर्ने धारणा राख्नुभयो ।  
थरुहट, मधेस आन्दोलनले सङ्घीय लोकतन्त्र ल्याउन सफल भएको तर ती आन्दोलनमा लगाइएका मुद्दा खारेज नभएको उहाँले गुनासो थियो । सरकार र प्रधानमन्त्री संसद्बाट पटक–पटक लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरिए पनि सार्वजनिक नगरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार