२०८३, मंसिर ४ गते

बिहिवार, मंसिर ४ गते २०८३

एमालेको राष्ट्रिय भेला

भेला आजदेखि काठमाडौंमा  : ' ३ हजार ४१४ नेता-कार्यकर्ता सहभागी हुँदै '

बुधवार , मंसिर ३, २०८३

 

काठमाडौ, मंसिर ।

नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। आज बिहान ११ बजेबाट बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु हुने भेलाको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

उपमहासचिव लेखराज भट्टले एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेला आयोजना गरिएको जानकारी दिए।

बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरेको उनले बताए। गत असोज ५ गतेदेखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यान्यवनमा एकरुपमता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने भट्टले जानकारी दिए ।

भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

भेलामा ३ हजार ४१४ जना सहभागी हुनेछन्। भेलालाई अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार