२०८३, मंसिर ४ गते

बिहिवार, मंसिर ४ गते २०८३

अमेरिकी राष्ट्रपति ट्रम्प चीनमा : ' सीले गरे स्वागत '

बुधवार , मंसिर ३, २०८३


काठमाडौं, मंसिर ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेका छन् । उनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले शेन्जेन विमानस्थलमा पुगेर स्वागत गरेका छन् ।

विमानस्थलको रातो कार्पेटमा उभिएका राष्ट्रपति सीले ट्रम्पको स्वागतका लागि विमानको भर्याङको फेदसम्मै पुगेर प्रतीक्षा गरेका थिए ।

राष्ट्रपति सीको यो विशेष आतिथ्यलाई यसै वर्षको सुरुमा आफू अमेरिका भ्रमणमा जाँदा राष्ट्रपति ट्रम्पले विमानस्थलमै पुगेर गरेको न्यानो स्वागतको प्रत्युत्तरका रूपमा हेरिएको छ ।

दुवै शीर्ष नेताबीचको यो शिष्टाचार र आत्मीयताले दुई देशबीचको कूटनीतिक सम्बन्धमा सकारात्मक सन्देश दिएको छ । ट्रम्प चीनको सेन्जेन सहरमा जारी एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन् ।

भ्रमणका क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुने कार्यतालिका छ। उक्त बैठकमा व्यापार, भन्सार शुल्क (ट्यारिफ) , अमेरिकी भटमास खरिद र दुर्लभ खनिज -रेयर अर्थ मिनरल्स) को आपूर्ति लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यसैबीच, एपेक शिखर सम्मेलनमै ट्रम्प, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र सीबीच त्रिपक्षीय बैठक हुन सक्ने विषयमा समेत चर्चा सुरु भएको छ।

यदि यो बैठक सम्भव भएमा विश्वका तीन ठूला आणविक शक्ति राष्ट्रका शीर्ष नेताहरू एउटै मञ्चमा देखिनेछन्। यद्यपि, त्रिपक्षीय बैठकबारे हालसम्म कुनै आधिकारिक पुष्टि भने भइसकेको छैन।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन यस अघि नै चीन पुगि सकेका छन् । उनीसँग सीको भेटवार्ता भइसेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार