२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

गगन थापा लक्षित देउवाको आक्रोश

सभापति देउवाले भने : ' अदालतको निर्णय आफ्नो पक्षमा आउँछ '

१८ करोडमा पार्टी किनेको कुरा प्रष्ट भयो '

शनिवार , कार्तिक २२, २०८३

काठमाडौं, कात्तिक ।

नेपाली कांग्रेसका  सभापति शेरबहादुर देउवाले गगनकुमार थापा पक्षले पार्टीको आधिकारिकता पाएको विषयमा आर्थिक चलखेल भएको कुरा सत्य हुनसक्ने बताएका छन्।

शनिबार काठमाडौं जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा इनम सापकोटा अडियो प्रकरणको प्रसङ्ग उल्लेख गर्दै देउवाले १८ करोडमा पार्टी किनेको कुरा स्पष्ट भएको टिप्पणी गरे।

यसबाट प्रस्ट भयो। इनम सापकोटाले १८ करोड भनेका छन्, त्यो सानो रकम हो ? देउवाले प्रश्न गर्दै भने, ' त्यो पैसा दिएर पार्टी किनिदिए, अब के हामीले पैसामा पार्टी बेच्ने हो ?

त्यस्तै, देउवाले आफूहरुको पक्षमा अदालतको आधिकारिक निर्णय आउने दाबी पनि गरे। आफूलाई पार्टीले धेरै कुरा दिइसकेकाले अब अरूलाई सघाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार