काठमाडौं, असोज ।
नेपाली सेनाले बडादसैँको फूलपातिका अवसरमा सैनिक मञ्च टुँडीखेलमा फूलपाती बढाइँ सम्पन्न गरेको छ। सेनाले शनिबार विशेष हर्ष बढाइँ समारोह आयोजना गरेको हो।
यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे तथा एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै, हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै फूलपाति बढाइँ समारोह- २०८३ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो।
समारोहमा सैनिक ब्यान्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिनुका साथै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ र मार्चपाससहितको बढाइँ प्रदर्शन गरिएको थियो।
उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह लगायतका उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
बडादसैँको सप्तमीका दिन नेपाली सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बिच फूलपाती बढाइँ गर्दै आएको छ।