टोकियो, भदाै ।
पूर्वी जापानमा आइतबार बिहान ५.९ म्याग्निच्यूडको भूकम्प गएको छ, जसको धक्का राजधानी टोकियो क्षेत्रमा समेत महसुस गरिएको थियो। यद्यपि, यस भूकम्पबाट सुनामीको कुनै खतरा नरहेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।
मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प बिहान २ बजे इबाराकी प्रान्तलाई केन्द्रविन्दु बनाएर ७० किलोमिटर गहिराइमा गएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले भने यसको तीव्रता ५.८ म्याग्निच्यूड मापन गरेको छ।
भूकम्पका कारण तत्काल मानवीय क्षति वा ठूलो भौतिक नोक्सानीको समाचार आएको छैन।
सम्भावित क्षतिको आकलन गर्न सरकारले एउटा विशेष कार्यदल गठन गरेको प्रधानमन्त्री सानाए ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएकी छन्।
कम्पका कारण सर्वसाधारणका मोबाइल फोनमा आपत्कालीन अलर्ट बजेका थिए र टोकियो क्षेत्रमा धक्का महसुस गरिएको थियो।
यसअघि गत महिना जापानको दक्षिणी टापु क्युसुको कुमामोतो क्षेत्रमा ७.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प जाँदा ३८ जनाको मृत्यु हुनुका साथै ३६४ जना घाइते भएका थिए।
सो भूकम्पले १ हजार ५०० बढी भवनहरू पूर्ण रूपमा नष्ट पारेको थियो भने करिब २०, हजार घरहरूमा क्षति पुर्याएको थियो।